नेपाल भारत सीमा क्षेत्रमा देखिएका सीमा समस्या तथा सीमाविवादको पछिल्लो प्रवृत्ति

सीमा विवाद

  • १ हजार ८ सय ५० किलोमिटर खुला सीमाना रहेको नेपाल भारतबीच मुख्यत: कालापानी र नवलपरासीको सुस्तामा सीमा विवाद रहेको भएपनि सीमावर्ती कतिपय स्थानमा सीमा समस्या, भारतीय सीमा सुरक्षाबल SSBको असहिष्णू व्यवहार देखिदै आएको छ । भारतसंग जोडिएका २७ जिल्लामध्ये अधिकाशंमा सीमा समस्या देखिएको ।
  • भारतसँग सीमा कायम गर्ने ८ हजार ५ सय ५३ वटा स्तम्भ रहे पनि सबैको दुरुस्त अवस्था राखिएको छैन । सीमा स्तम्भमध्ये ठूला स्तम्भ ९ सय १६, मझौला २ हजार ४ सय ८१ र साना सीमास्तम्भ ५ हजार १ सय ५६ वटा छन् । पछिल्लो आँकडाअनुसार २ हजार २ सय बढी स्तम्भ अझै हराइरहेका छन् । स्तम्भ हराएका ठाउँमा भारतीय पक्षबाट सीमा अतिक्रमणका घटना बर्सेनि दोहोरिने गरेका ।
  • भारतसँगको सीमा क्षेत्रमा रहेको खुला सीमाना, जनस्तरबाट पहिचान हुनेगरी स्पष्ट सिमांकनको अभाव, सीमा क्षेत्रको रुपमा रहेका नदी, खोलाहरुको धार परिवर्तन, भारतीय पक्षवाट दशगजा लगायतका सीमा क्षेत्रमा गरिने एकतर्फी भौतिक संरचना निर्माण‚ अनधिकृतरुपमा नेपाली भूमिमा भारतीय सुरक्षाकर्मीको उपस्थिति, स्थानीय स्तरमा सिर्जित सीमा सम्वन्धी अन्यौलता, भारतीय पक्षको मिचाहा प्रवृत्ति लगायतका कारण सीमा सुरक्षामा चुनौती देखिदैआएको ।
  • भारतसँगको विवादित भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र नजिक रहेको सो क्षेत्रतर्फ नेपाली पक्षको गतिविधि‚ नेपाली सुरक्षाकर्मीको उपस्थितिमाथि निगरानी‚ नेपाली पक्षलाई सो क्षेत्रमा प्रवेश रोक लगायतका गतिविधि भारतीय पक्षबाट हुँदैआइरहेको ।
  • सीमाविवाद रहेका स्थान
  • कञ्चनपुरको ब्रह्मदेवमण्डी–पूर्णागिरी, टनकपुर जलाशय क्षेत्र, टनकपुर ब्यारेज, बनबासा–गड्डाचौकी क्षेत्र, शारदा ब्यारेज, शुल्काफाँटा, परासन–खुड्काककड ,
  • कैलालीको सतिविरानाला, बर्दियाका मनाउ, टपरा, खैरी, मुर्तिया, मानपुर–भीमापुर क्षेत्र ,
  • बाँकेका सन्तलिया, होलिया, नरैनापुर, लक्ष्मणपुर बाँध विवाद ,
  • दाङको कोइलाबास, कपिलवस्तुका कृष्णनगर, ठण्डा नदी किनार,
  •  पर्साका ठोरी, सिमरिया, लक्ष्मीपुर–पिपरा, वीरगन्ज–सिर्सिया गौर–जमुना गाउँ सीमा क्षेत्र,त्रिभुवननगर, संग्रामपुर–हथिऔल, माडर–चन्द्रगन्ज, ठाँडी, सुर्वापट्टी,
  • सप्तरीका तिलाठी, सखडा–छिन्नमस्ता, कुनौली र भारदह,विष्णुपुर–शिवनगर, लालपट्टटी–गोविन्दपुर, तिलजा, मोहनिया, सरवाह, गोवरगाढा,
  • सुनसरीका कटैया–भण्टाबारी, हरिनगरिया–शिवगन्ज साहेबगन्ज, पकरिया–झुमवा, भीमनगर,
  • मोरङका बुद्धनगर–जोगबनी, रंगेली–चोप्राहा, रानी, बक्राहा (लुना) नदी–चुनिमाडी,
  •  झापाका पाठामारी, मेचीगाउँ, महेशपुर, मेचीपुल, भद्रपुर–गलगलिया, काँकरभिट्टा, बारिसजोत, मदनजोत, नकलबन्दा, बाहुनडाँगी,
  •  इलामका चित्रेडाँडा, पशुपतिनगर, झिझिया भन्ज्याङ, मानेभन्ज्याङबाट सन्दकपुर जाने बाटो, मानेभन्ज्याङ, सन्दकपुर, जौबारी डाँडा लगायतमा सीमा विवाद रहेको छ।
  • भारतीय पक्षवाट भएका गतिविधि
  • अतिक्रमित नेपाली भूमिमा रहेको ओम पर्वत, नाभिढाङ, काली नदीको उदगम स्थल, ब्यास गुफा लगायतका स्थानलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने, धार्चुला तहसिलमा र्‍याफ्टिङ, साईक्लिङ, माउण्टेन वाईकिङ, प्याराग्लाईडिङ लगायतका कार्यक्रम संचालन गरी इको टुरिजम कलस्टरकारुपमा विकास गर्ने योजनामा रहेको ।
  • भारतीय पक्षले दार्चुला जिल्लाको व्यास गा.पा.-१, को अतिक्रममित गुञ्जी, नावी, कुटी लगायतको क्षेत्रमा सुरक्षाकर्मी समेतको उपस्थितिलाई बढावा दिंदै अन्तरर्राष्ट्रिय जगतमा उक्त क्षेत्र भारतको रहेको प्रचारप्रसार गर्ने मनसायले समय समयमा सो क्षेत्रमा विभिन्न प्रकारका मेला, महोत्सव, खेलकुद लगायतका कार्यक्रमहरु गर्दै आउनुका साथै पछिल्लो समय उक्त क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने भन्दै विभिन्न योजना बनाउँदै रहेको ।
  • दार्चुलाको सीमावर्ती धारचुलादेखि लिपुलेकसम्म करिब ९८ मिलोमिटर सडकको Track निर्माण गरी केहीयता Border Road Organization मार्फत उक्त सडक फराकिलो बनाउने तथा कालोपत्रे गर्ने कार्य अगाडी बढाइरहेको ।
  • भारतीय सेनाले नागरिक सैन्य समन्वय कार्यक्रमको नाममा अतिक्रमित नेपाली भूमि व्यास तथा दार्मा क्षेत्रका १५ वटा गाँउलाई नमूना गाँउको रुपमा विकास गर्ने भनी केन्द्रीय रक्षा मन्त्रालयमा तत्सम्बन्धी प्रस्ताव पेश गरेको ।
  • यस्तै कतिपय सीमानामा भारतीय पक्षले एकतर्फिरुपमा सीमा स्तम्वको मर्मत, सम्हार, मापदण्ड विपरित भौतिक विकासनिर्माण, सैन्य संरचना तथा सैन्य गतिविधि समेत गर्ने गरेको ।
  • सीमा सुरक्षार्थ सशस्त्र प्रहरीले भारततर्फ २ सय २१ स्थानमा बोर्डर आउट पोष्ट (बीओपी)मार्फत सुरक्षा तैनाथी गर्ने गरे पनि साधनस्रोत र जनशक्तिको सीमितताका कारण प्रभावकारीरुपमा जनशक्ति तैनाथी हुन सकेको छैन । भारतले नेपाल तर्फको सीमा सुरक्षार्थ ५ सय ३० स्थानमा सशस्त्र सीमा बल (एसएसवी)का जनशक्तिलाई तैनाथ गराउँदै आएको ।
  • सीमा क्षेत्रबाट भारतले एसएसबीलाई अधिकार र साधनस्रोत सम्पन्न बनाएर खटाउँदै आए पनि नेपालतर्फ सीमा सुरक्षा, सीमा व्यवस्थापन लगायतमा एकीकृत संरचना र समन्वय अभाव खड्किएको ।
  • सूझाव
  • नेपाल-भारत सीमा क्षेत्रका कतिपय स्थानहरुमा सीमास्तम्भहरु अस्तित्वमा नरहनु‚ सीमा नदीहरुको बारम्बार धार परिवर्तन‚ जनस्तरबाट पहिचान हुनेगरी स्पष्ट सीमांकनको अभाव‚ भारतीय पक्षबाट एकपक्षिय रुपमा सीमा क्षेत्रमा उपस्थिति बढाउने‚ नेपाली भूमिमा अनाधिकृत प्रवेश गरी दुख/हैरानी दिने लगायतको प्रवृति देखिरहेकोमा त्यस्ता गतिविधिहरुलाई प्रशासनिक एवं स्थानीय स्तरबाट सुल्झाउनुपर्ने,
  •  द्विपक्षिय सहमति र समन्वयमार्फत हराएका सीमास्तम्भहरुको खोजी‚ पूराना स्तम्भहरुको मर्मतसम्भार‚ अभिलेखांकन एवं संरक्षण लगायतका उपाय अवलम्वन गर्न जरुरी,
  •  सीमा क्षेत्रको संयुक्त नापी आवश्यक,
  • विवादित स्थानमा दुवै पक्षबाट स्थलगत पुनारावलोकन, निरिक्षण,
  • सीमास्तम्भको संयुक्त पुननिर्माण वा मर्मत संभार,
  • दशगजामा निर्माण भएका साना ठुला संरचनाहरुलाई पूर्ण रुपमा हटाउने, उक्त स्थानमा खेती गर्न नदिने,
  • सीमा विवाद आउन नदिन नेपालतर्फ सांकेतिक चिन्हको निर्माण गर्ने ।

Leave a comment