Nepal has adjusted its development Path

Nepal has adjusted its development path according to the changing needs of the economy and the international market. The country is focused on a few key areas:

Functioning of Government: Nepal’s transition to a federal structure is a major change in governance. The aim is to distribute power to local governments to promote inclusive development and address regional inequality.

Sustainable and inclusive development: People are paying more attention to sustainable development that balances economic and environmental protection. The importance of participation is to ensure that disadvantaged communities, including women, minorities and those living in rural areas, participate in and benefit from road measures.

Hydropower and Energy Development: Nepal’s abundant water resources have potential for economic growth. The country is exploring ways to use hydroelectric energy for domestic use and export in order to solve the electricity shortage and increase income.

Tourism and Heritage: Nepal’s rich heritage and natural beauty are important for development. Efforts to promote tourism and preserve cultural heritage in order to stimulate economic growth and create employment.

Improving Infrastructure: Improving infrastructure, including transport, electricity and communications, is also important to support trade and connectivity across countries and regions.

Social Welfare Program: Measures aimed at education, health, poverty reduction and social inclusion with the aim of improving disadvantaged communities and establishing the development index of all people.

It is worth noting that developments and ideas in Nepal continue to evolve under the force of domestic significance, global influences and socio-political changes. The future development of a country may have changed since then and may include new ideas, policies or practices to meet that country’s specific needs and requirements.

नेपालको अर्थ व्यवस्थालाई परिवर्तन गर्न सकिने आधारहरु

सरकार र पार्टी मात्रै परिवर्तनले नेपाल देश विकास हुने अवस्था रहेको देखिदैन । जव सम्म प्रणाली सुधार गरिदैन नेता र पार्टीले मात्रै देशको विकास गर्न सक्दैनन् । नेपाली जनता यस भ्रममा परिरहेका देखिन्छन कि सरकार परिवर्तन वा नेता परिवर्तनले देश विकास होला‚ देश विकास निती परिवर्तनले हुन्छ भन्ने करामा सवैको ध्यान जान आवश्यक छ । राजनीतिक पार्टीले आफ्नो नीति परिवर्तन गरे अर्थव्यवस्थामा पनि परिवर्त आउँछ भन्ने बुझ्नु जरुरी छ । नेपाल जस्तो देशको अर्थ व्यवस्था सुधार गर्न राम्रो समाज र भष्ट्राचार कम गर्न अति आवश्यक देखिन्छ । पछिल्लो समय साउदी अरेविया‚ चीन‚ ब्राजिल‚ नाइजेरीया जस्ता देशहरुले कसरी देश विकास गरे वा कसरी अर्थव्यवस्थालाई परिर्वतन गरे भन्ने कुरा अनुकरणिय देखिन्छ । विकासक सुत्रहरु धेरै छन तर कुन देशले कसरी विकास गर्‍यो यो बुझ्न नेपाली तथा नेपालका अर्थव्यवस्था परिवर्तन गर्न चाहाने व्यक्तिहरुले सोच्नु पर्ने हुन्छ ।

            जो देश संग जे छ त्यही विषयमा अध्ययन गरि अगाडी वढेमा मात्र अर्थव्यवस्था परिवर्तन गर्न सकिने हुन्छ । नेपालको अर्थव्यवस्था परिवर्तन गर्न अमेरिका‚ चीन‚ भारत‚ वा सिङ्गापुरको उदाहरण जरुरी छैन । यहाँको अर्थव्यवस्थाका लागी यहीँको भौगोलिक अवस्था‚ राजनैतिक अवस्था र स्थिरता‚ जनशक्तिको कुशलता‚ शैक्षिक स्तर लगायतका कुरामा अध्ययन गर्नुपर्ने हुन्छ ।

            चीनले सुन‚ कोइला‚ फलाम‚ कच्चा प्राकृतिक ग्यास‚ तेल‚ चुनढुंगा‚ जलविद्युत‚ टिन‚ एन्टीमोनी‚ टगस्टन‚ मेसनरी‚ औजार मात्र अन्तर्राष्ट्रिय बजारमा नवेची आन्तरिक परिवर्तन पनि भरपुर रुपमा गरेको देखिन्छ । हो उसले उल्लेखित बस्तुहरु संगै अन्य वस्तुहरु वेची ठूलो धन राशी कमाएको छ‚ तर पनि त्यसका साथ-साथै राजनीतिक स्थिरता‚ फजुल खर्चमा पूर्ण रोकतोकका नियमहरु‚ घुषखोरीमा मृत्यु दण्ड जस्ता कठोर सजाय आदी चीनको अर्थ व्यवस्थालाई परिवर्तन गर्ने प्रमुख आधारहरु रहेका छन । यस्तै Qing राजबंश २० औं शताव्दीको सुरुतिर समाप्त भए पश्चात साम्यवादी शासनको स्थापना पछि सामाजिक सुधारहरु स्थापना गरेर महिलाले महिलालाई कार्यावलमा पूर्णतया सहभागी गराउने तथा सम्पति अधिकार दिए पश्चात मात्र चीनले अर्थव्यवस्थामा ठूलो छलाङ लगाएको देखिन्छ । हालको चीनको विकासको प्रथम चरण यहीँ नै मानिन्छ । विगत १०/१२ वर्षको चीनको स्थिती सम्बन्धी भनिरहनु नपर्ला ।

            नेपालको अर्थव्यवस्थालाई परिवर्तन गर्न सकिने केही सामाजिक तथा राजनैतिक आधारहरु छन् । ती मध्ये केही आधारहरुलाई निम्न बुँदाहरुबाट स्पष्ट पार्न सकिन्छ ।

  • नागरिक सेवाहरुको स्तरउन्नती

नेपालको नागरिक सेवाहरुको स्तरउन्नती अति आवश्यक छ । उचित छनौट प्रक्रियाहरु‚ पदोन्नती मापदण्ड‚ कार्य विभाजन‚ कार्यको जिम्मेवारी बोध‚ पहिचान कार्य यो निकै पुरानो छ । यसलाई समय सान्दर्भिक वनाउन जरुरी छ । सरकारी कार्यालयमा नागरिक जान डराउँछन्‚ बढी समय लाग्ने तथा राम्रो प्रतिक्रिया नआउने डरले आज नेपालमा मध्यस्थ कर्ता मार्फत सरकारी काम गराउन रुचाइएको छ । बाजेको पालामा बसेको संचालन प्रणाली र सेवा प्रवाह गर्ने प्रवितिले गर्दा आजका युवा सरकारी कार्यालय जान डराउछन् । जवसम्म आधुनिकीकरण र आवश्यकता अनुरुप यि नागरिक सेवाहरुमा सुधार हुदैन भने तव सम्म देशमा परिवर्तन आउदैन झन अर्थव्यवस्थामा परिवर्तन आउने त कुरै हुदैन ।

  • भष्ट्रचार विरोधी स्वतन्त्र अधिकार

गरिव देशको रोग नै भष्ट्रचार हो । जवसम्म भष्ट्रचारमा राजनीति र राजनीतीमा भष्ट्रचार रहेको छ तवसम्म देशको अर्थव्यवस्थामा सुधार आउदैन । भष्ट्रचार भन्दा राजनीति टाढा हुनुपर्ने हुन्छ । राजनीतीमा भष्ट्रचार देखिएपछि देश विकास हुदैन । भष्ट्रचार विरोधी अधिकार स्वतन्त्र हुनपर्ने हुन्छ । स्वतन्त्ररुपमा भष्ट्रचार विरुद्ध काम गर्ने अधिकार प्राप्त हुन गएमा नेपालको अर्थव्यव्थामा ठूलो परिवर्तन आउने कुरामा राजनीतीज्ञ र अर्थविदहरुले नबुझेको होइन तर यसलाई फरक राख्न नसकेको अवस्था रहेको छ त्यस कारण स्वतन्त्र भष्ट्रचार अधिकार भएमा देशको अर्थव्यवस्थाले ठूलो फड्को मार्ने छ ।

  • एक उत्तम न्यायपालिका

मुद्धाहरु अदालतमा संधै हुन्छन् र सवै सन्तुष्ट हुन्छन भन्ने हुदैन‚ तर न्यायोचित हुनुपर्ने हुन्छ । आधुनिक लोकतन्त्रको महत्वपूर्ण कडी उत्तम तथा स्वतन्त्र न्यायपालिका नै हो । न्यायपालिका जति उत्तम हुदै गयो त्यति नै देशको अर्थतन्त्रले फडको मार्दछ । अर्थतन्त्र र न्यायपालिकाको सम्बन्ध प्रत्यक्ष नदेखिएता पनि अप्रत्यक्ष रुपमा देशको अर्थतन्त्र परिवर्तनमा  न्यायपालिकाको ठूलो महत्व रहेको देखिन्छ । अर्थतन्त्र र न्यायपालिका एक आपसका महत्वपूर्ण साझेदार हुन भनी अर्थविदहरुको भनाई हाम्रो देशमा पनि अपरिहार्य रहेको छ ।

  • वित्तिय अनुसाशन

देशको अर्थव्यवस्थामा सुधारका लागी वित्तिय अनुशासन आवश्यक रहन्छ । वित्तिय अनुसाशन अन्तर्गत विदेशी लगानी‚ स्वदेशी रकम विदेश पठाउनु (कानूनी/ गरैकानूनी) बैंकहरुले अनुशासित ऋण दिनु । वित्तिय संस्थाहरुमा व्यक्तिगत प्रभाव‚ राजनीतिक प्रभाव पर्नु । आवश्कता र अनुमानित भन्दा वढी आम्दानी वा ऋण प्रभाव भएको देखाउनु जस्ता वित्तिय अनुसाशन पालना नगर्नाले देश विकास हुदैन । देशको अर्थव्यवस्थामा सकारात्मक परिवर्तन ल्याउन सरकारको नीती नियम पूर्ण पालना संगसगै वित्तिय संघ स्थाहरुले अनुशासनहीन काम गर्न रोकिनु पर्ने हुन्छ ।

  • सहज व्यापारको वातावरण

सरकारको जस्तो राम्रो निर्देश भएतापनि वास्तविकतामा हेर्दा नेपालमा व्यापार संचालन गर्न अझै पनि धेरै गाह्रो छ । कहिले राजनीतीक परिवर्तन कहिले द्वन्द्व रहेको यो देशमा थुप्रै कर नीतिहरु र कर दरहरु परिवर्तनशील छन् । प्रत्येक वर्ष जस्तो कर परिवर्तन भइरहने ‚ प्रत्येक वर्ष जस्तै नीती परिर्वतन भइरहने भएकाले नेपालमा व्यापार गर्न सजिलो छैन । कर्मचारीहरु तथा व्यापारीहरुले नीती तथा कर परिर्वतनका कारणले सजिलै काम गर्न नपाउनु तथा आन्तरिक राजनीति तथा अन्य सामाजिक कारणले सहज व्यापार गर्न नपाउनाले देशको अर्थव्यवस्थामा सकारात्मक असर नपरेको देखिन्छ ।

  • कृषि कार्यमा जोड

आधा जनसंख्या भन्दा वढी जनसंख्या नेपालमा कृषक भनि चिनिन्छन । ५७ प्रतिशतले पेशा कृषि नै भन्छन् । तर खाद्यन्न सामाग्री अन्य मुलुकबाट ल्याउनु पर्ने बाध्यता छ । नेपालको बजेटले तथा उक्त बजेट राशीले नेपालको मुल मुद्धा सम्बोधन गर्दैन । नेपालमा खेती जीविकोपार्जन गर्नका लागि एक उत्तम तरीका लाग्दैन । कृषि क्षेत्रमा जवसम्म सुधार आउदैन तव सम्म नेपाल देशको अर्थव्यवस्थामा सुधार हुदैन । हामी जीवन निर्वाह गर्नका लागि मात्र कृषि गर्ने तथा प्रविधि संगसगै आधुनिकिकरण साथै पूर्ण अकुशल कृषकले  कृषि त गर्छ तर उत्पादन गर्न सक्दैन त्यसकारण कृषिमा परिर्वतन विना नेपालको अर्थव्यवस्थामा परिर्वतन आउदैन ।

  • शिक्षा सुधार

संकटकालिन अर्थव्यवस्था रहेको वेला रोजगारी सिमित आर्थिक वृद्धिको कारण हो । तर राम्रो तथा दक्ष जनशक्तिका लागि शिक्षामा सुधार अपरिहार्य छ । हालको शिक्षा प्रणालिको अवस्थामा शिक्षाको डिग्री देखाउनका लागि भएपनि काम गर्नका लागि छैन । जव सम्म विकसित राष्ट्रहरुसंग लड्ने जनशक्ति उत्पादन गर्ने शिक्षा प्रणाली हामी संग हुदैन तव सम्म हामी अर्थव्यवस्थामा सुधार गर्न सक्दैनौ । त्यसकारण शिक्षामा सुधार गरिएको अवस्थामा मात्र देशको अर्थव्यवस्थामा परिर्वतन हुने हुनाले सुधार अपरिहार्य छ ।

            माथि उल्लेखित बुद्धाहरुले मात्रै अर्थव्यवस्थामा पूर्ण परिर्वतन आउने चाहीँ होइन‚ तर अर्थव्यवस्था परिर्वतनका लागि उल्लेखित सम्पूर्ण आधारहरुको पुर्ण कार्यान्वयन जरुरी हुन्छ । नेपाल जस्तो अल्पविकसित देशका लागि माथि उल्लेखित आधारहरुमा परिवर्तन गर्न सकेमा १/२ दशकमै देशको अर्थव्यवस्थाले ठुलो फड्को मार्ने कुरामा पूर्ण विश्वस्त रहन सकिन्छ ।

शिख समुदायको खालिस्तान आन्दोलन, भारतद्वारा नियन्त्रणको प्रयत्न

पृष्ठभूमि:

गुरु नानकले १५औँ शताब्दीमा पञ्जाबमा शिख धर्मको स्थापना गरेका थिए ।  हाल यो धर्मका विश्वभर करिव दुई करोड ५० लाख अनुयायी रहेका छन् । भारतमा शिखहरूले मुगल र पछि ब्रिटिसहरूको दमनको सामना गर्नुपर्‍यो । सन् १८४९ मा अंग्रेजसँगको हारपछि शिख साम्राज्य केही टुक्रामा विभाजित भयो । ब्रिटिस साम्राज्यको पतन अघिदेखि नै अलग शिख राज्यको माग उठेको थियो । अलग शिख राज्यको माग गर्नेमध्ये सबैभन्दा पहिलो समूह शिरोमणी अकाली दल थियो । सन् १९४७ मा यो माग आन्दोलनमा बदलियो । भारतलाई ब्रिटिस उपनिवेशबाट मुक्त गराउन हिन्दु, मुस्लिम र शिख समुदायले मिलेर संघर्ष गरे पनि स्वतन्त्रतापछि हिन्दु बहुल देश भारत र मुस्लिम बहुल देश पाकिस्तान बने ।

खालिस्तान आन्दोलन:

ब्रिटिस साम्राज्य को पतन पछि शुरू भएको खालिस्तान आन्दोलन एक शिख पृथकतावादी आन्दोलन थियो जसको उद्देश्य शिखहरुको लागी एक अलग सार्वभौम राष्ट्र खालिस्तान (खालसे भूमि) को निर्माण गर्नु थियो ।  खालसाको अर्थ शुद्ध र खालिस्तानको अर्थ शुद्ध स्थान हो । खालिस्तान को प्रस्तावित राष्ट्रमा पञ्जाब, हिमाचल प्रदेश, दिल्ली र चण्डीगढ समेतका भारतीय राज्यहरु शामिल थिए । सन् १९२९ मा ‘खालिस्तान आन्दोलन’ विजारोपण भएको पाईन्छ । तत्कालिन अवस्थामा भारतको लाहोरमा कांग्रेस भेलामा मोतीलाल नेहरुले ‘पूर्ण स्वराज’ को प्रस्ताव राखेकोमा तीन खाले समूहले उक्त प्रस्तावको विरोध गरेका थिए । विरोध गर्नेहरुमा मोहम्मद अली जिन्नको अगुवाइमा रहेको मुस्लिम लिग, डा. भीमराव अम्बेडकरले अगुवाइ गरेको दलितहरुको समूह र गुट मास्टर भनिने तारा सिंहको अगुवाइमा रहेको शिरोमणि अकाली दल रहेका थिए । त्यस बेला तारा सिंहले शिखहरुका लागि अलग राज्यको माग गरेका थिए । उनको त्यही मागमा आधारित भएर १९४७ मा ‘पञ्जाबी सूबा’ नामक आन्दोलन सुरु भएको थियो । भारत स्वतन्त्रताको समयमा पञ्जाबलाई दुई हिस्सामा विभाजन गरियो । स्वतन्त्र भारतमा बनेको राज्य पुनर्गठन आयोगले शिरोमणि अकाली दलले माग गरिरहेको भाषिक आधारमा अलग शिख सूबा (प्रदेश) लाई अस्वीकार गरेको थियो । सन् १९४० मा पहिलो पटक खालिस्तानको नाम “खालिस्तान” नामक पम्फलेटमा उल्लेख गरिएको पाईएतापनि सन् १९४७ पछि आप्रवासी शिखहरुको आर्थिक र राजनैतिक सहयोग र पाकिस्तानको समर्थनमा भारतीय पञ्जाब राज्यमा खालिस्तान आन्दोलन फस्टायो र सन् १९८० को दशकसम्म आन्दोलन चरम सीमामा पुग्यो ।

सन् १९४१ को गणनामा पञ्जावमा बसोवास गर्ने मध्ये मुस्लिम ५३ प्रतिशत, हिन्दू ३० प्रतिशत र सिख १५ प्रतिशत को हाराहारीमा रहेका थिए । सोही कुरालाई मध्यनजर गरेर सिख समुदायले United States लाई जोड दिएका थिए । भारत आजादीको नजिक पुग्न लागेको समय सन् १९४६ मा जवाहरलाल नेहरुले भारतको उत्तरतिर शिखहरु आजादीले बस्ने स्थान होस् भनेर उद्‍घोष गरेका थिए ।

ब्रिटिस साम्राज्यको पतनपश्चात पन्जावको ६२ % भाग पाकिस्तानमा गयो जसले गर्दा पाकिस्तान तिर रहेका शिखहरु भारततर्फ आउँदा परिस्थिति फेरियो र हालको हरियाणा, पन्जाव र हिमाञ्चल मिलेर पन्जाव प्रदेश बन्यो । जसलाई भारतले अकाली दल बढेको साथै, अलग राज्य माग गर्न सक्ने देखिएकाले सन् १९५६ मा पटियाला र इस्ट पन्जाव युनियन हटाएर भाषागत स्टेट बनाइयो जसको कारणबाट शिखहरुको माग सम्बोधन भएन । सन् १८६५ भारत-पाकिस्तान लडाईमा शिखहरुले भारतमा धेरै राम्रो काम गरेपश्चात पन्जावलाई अलग State को सुविधा भनेर १९६६ मा हरियाणा र हिमाञ्चल प्रदेश हटाइयो र पन्जाव अलग्गै State बनाइयो ।

हाल एक अर्ब ४० करोड कुल जनसंख्या रहेको भारतमा शिख समुदायको हिस्सा दुई प्रतिशतभन्दा कम रहे पनि उत्तरी राज्य पञ्जाबमा भने शिख समुदाय बाहुल्यता रहेको छ । भारतभित्र खालिस्तान समर्थकहरू थोरै भए पनि यो आन्दोलनले विश्वव्यापी डायस्पोरा, विशेषगरी क्यानडा, बेलायत र अस्ट्रेलियामा केही शिखहरूबाट सहानुभूति पाइरहेको छ । ती शिखहरूको एउटा सानो तर प्रभावशाली संख्याले खालिस्तानको अवधारणालाई समर्थन गर्छ । उनीहरूले अलग खालिस्तान राज्य स्थापना गर्ने सहमति जुटाउन समय–समयमा जनमतसंग्रह पनि गर्ने गरेका छन् ।

विद्रोह:

सन् १९८४ मा सुरु भएको खालिस्तान  विद्रोह सन् १९९५ सम्म चलेको थियो । खालिस्तान पक्षधरले २९ अप्रिल, १९८६ मा भारतबाट एकतर्फी रूपमा स्वतन्त्रता घोषणा गरे र १९९३ मा ‘अनप्रिजेन्टेड नेशन्स एन्ड पिपुल्स अर्गनाइजेसन (यूएनपीओ) मा सामेल भए । शिखहरुलाई सेना प्रमुख बन्न नदिएको र राज्यको प्रमुख कार्यकारीमा जान नदिएको भन्दै भिन्डरले एक फाइटर सेना खडा गर्‍यो जसको मुख्यालय गोल्डन मन्दिर भित्र राखियो । चरमपन्थी  शैलीको यस विद्रोहलाई दवाउनको लागी भारत सरकार र सेनाले अपरेशन ब्लू स्टार, अपरेशन वुड रोज, अपरेशन ब्ल्याक थन्डर र अपरेशन ब्ल्याक थन्डर २ सञ्चालन गरेपश्चात चरमपन्थ धेरै हदसम्म समाप्त भयो तर धेरै जनधनको क्षती भएको विषयलाई लिएर भारतीय सेनालाई मानव अधिकार उल्लङ्घनकर्ताको आरोप लगाइयो । भारी पुलिस र सैन्य कारबाही र यस आन्दोलनसंग एकथरि शिख समुदायको निराशाको कारण आन्दोलन कमजोर हुन थाल्यो जसको परिणाम स्वरुप उक्त आन्दोलन आफ्नो लक्षित उद्देश्य सम्म पुग्न असफल बनि समाप्त भएको थियो ।

अपरेशन पश्चातको परिस्थिति:

१० जुन, १९८४ मा अपरेशन ब्लु स्टारअन्तरगत तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले भारतीय सेनालाई अमृतसरस्थित स्वर्ण मन्दिरमा घुसेर शिख पृथक्तावादीहरूलाई मार्न आदेश दिइन् । त्यस अप्रेसनले शिख समुदायमा ठूलो आक्रोश पैदा गर्यो ।  अपरेशन समाप्ती हुँदासम्म ३ हजार  बढी व्याक्तिको हत्या भएकोमा अधिकांश शिख समुहका सदस्य रहेका थिए । अपरेशनमा निर्दोष शिखको हत्या भएको जनाउदै अमरिन्दर सिंहसहित केही शिख नेताले कांग्रेसबाट राजीनामा दिनुका साथै खुशवन्त सिंहसहितका लेखकले सरकारले दिएको पुरस्कार फिर्ता गरेका थिए । अपरेशन ब्लु स्टारको चार महिनापछि ३१ अक्टोबर, १९८४ मा दुई शिख युवाले गोली हानी प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या गरे । इन्दिरा गान्धीको हत्यापछि दिल्लीमा भएको शिखविरोधी हिंसामा ८ हजार भन्दा बढी शिखको हत्या भयो । त्यसको एक वर्षपछि २३ जुन, १९८५ मा क्यानडामा रहेका खालिस्तान समर्थकले एयर इन्डियाको विमानमा बम राखेर उडाउँदा ३२९ जनाको मुत्यु भयो । शिख आन्दोलनकारीहरुले अपरेशन ब्लुस्टारको नेतृत्व गरेका पूर्वसेना प्रमुख जनरल एएस वैद्यको १० अगस्ट १९८६मा पुणेमा हत्या गरिदिए । ३१ अगस्ट, १९९५ मा आत्मघाती हमलाकारीले विस्फोट गराउँदा पञ्जाबका मुख्यमन्त्री बेअंत सिंहको मृत्यु भयो ।

शिखहरूको विषयलाई लिएर अन्तराष्ट्रिय जगतमा भारतको दबाव:

शिखको उल्लेख्य जनसङ्ख्या भएका क्यानडा, अस्ट्रेलिया र यूकेका सरकारलाई भारतले दबाव दिँदा कूटनीतिक तनाव बढ्ने गरेको छ । छुट्टै राज्यको मागसँग सम्बद्ध विषयलाई भारत सरकारले “शिख अतिवाद” को सङ्ज्ञा दिंदै सोको निमन्त्रणामा उल्लिखित राज्यले सहयोग नगरेमा द्विपक्षीय सम्बन्ध बिग्रिने भनि चेतावनी पनि दिँदैआएको छ । भारतमा खालिस्तान समर्थक अमृतपाल सिंहमाथि धरपकड सुरु भएको समयदेखि बेलायत, अमेरिका र क्यानडा सहितका देशमा खालिस्तान पक्षधरले आन्दोलन उच्च बनाउँदैआएका छन् । अस्ट्रेलियाका अधिकारीहरूले खालिस्तानवादीहरूले हिन्दू मन्दिरहरूमा गरेको तोडफोडबारे अनुसन्धान गरिने बताएपनि उनीहरूले स्वतन्त्र राज्यबारे उनीहरूको अभिव्यक्ति रोक्न नसकिने जनाएका छन् । अर्कोतर्फ खालिस्तान आन्दोलनको विरोध नगरेकोमा भारतले क्यानडाको खुलेरै आलोचना गरेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले जारी हिंसा बन्द गर्ने बताए पनि “विदेशी हस्तक्षेप” को विरोध गरेका छन् । यस्तै गत मार्चमा लन्डनस्थित भारतीय उच्चायोगबाहिर विरोधप्रदर्शनहरू भएपछि त्यहाँ विवाद उत्पन्न भयो । त्यतिबेला भिडले ‘खालिस्तान’ लेखिएका पहेँलो रङ्गका ब्यानरहरू देखाएका थिए । भारतको कडा विरोधका बाबजुद आन्दोलनकारीले लण्डनस्थित उच्चायोगमा भारतीय झण्डा हटाएर खालिस्तानको झण्डा राख्ने कोसिस गरेका थिए ।

भारत–क्यानडा बीचको चिसो सम्बन्ध :

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडेली नागरिक तथा पश्चिमी क्यानडाका प्रमुख शिख नेता हरदीप सिंह निज्जरको २०२३ जुन १८ मा ब्रिटिस कोलम्बियाको सरेस्थित शिख मन्दिरबाहिर दुईजना नकाबपोस बन्दुकधारीद्वारा गोली हानेर भएको हत्यामा भारतीय संलग्नताको ‘विश्वसनीय आरोप’ माथि क्यानडाले अनुसन्धान गरिरहेको बताएसँगै दुई देशले एकअर्काका कूटनीतिज्ञलाई निष्कासन गरेका छन् भने नयाँदिल्ली र ओटावाबीचको सम्बन्ध थप चिसिएको छ । पछिल्लो समय बैश्विक जगतमा भारतको गुप्तचर संस्था रअलाई इजरायलको मोसाद बन्न खोजेको भनि आरोप लाग्न थालेको छ । क्यानडाले आफ्नो भूमिमा भएको एक शिख अभियन्ताको हत्यामा भारतको संलग्नता रहेको आरोप लगाएपछि ओटावा र नयाँदिल्ली दुवैले एकअर्काका वरिष्ठ कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासित गरेका छन् । क्यानडाका विदेशमन्त्री मेलानी जोलीले देश निकाला गरेको व्यक्ति भारतीय दूतावासमा कार्यरत भारतीय खुफिया एजेन्सीका प्रमुख पवनकुमार राय रहेको बताएकी छन् । जवाफमा भारतको विदेश मन्त्रालयले असोज ०२ गते मंगलबार विज्ञप्ति मार्फत भारतस्थित वरिष्ठ क्यानेडियन कूटनीतिज्ञलाई आगामी पाँच दिनभित्र भारत छाड्न आदेश दिएको थियो । भारतको भिसा, पासपोर्टलगायत कन्सुलर सेवा प्रवाह गर्ने बीएलएस इन्टरनेसनलले आफ्नो वेबसाइटमा राखेको सूचनामा असोज ०३ गते बुधबारदेखि अर्को सूचना नआएसम्मको लागि भन्दै सञ्चालनसम्बन्धी कारण देखाएर क्यानडेली नागरिकको लागि भिसा सेवा बन्द गरेको जनाएको छ ।

ट्रुडोको टिप्पणीपछि क्यानडाका शिख समुदायका दुई प्रमुख समूह ‘ब्रिटिस कोलम्बिया गुरुद्वारा काउन्सिल (बिसिजिसी)’ र ‘ओन्टारियो गुरुद्वारा कमिटी(ओजिसी)’ले क्यानडा सरकारलाई ‘भारतसँगको सबै गुप्तचरी, अनुसन्धान र अभियोजन सहकार्य तत्काल स्थगन गर्न’ आग्रह गरेका छन् । क्यानेडियन प्रहरीले निज्जरको हत्यामा संलग्न कसैलाई पनि पक्राउ गरेको छैन । तर, अगस्टमा प्रहरीले एक विज्ञप्ति जारी गर्दै तीनजना शंकास्पद व्यक्तिमाथि अनुसन्धान गरिरहेको बताएको थियो । सोहिबीचमा पञ्जाबबाट भागेर क्यानडामा बसेका खालिस्तान समर्थक सुखदुल सिंह उर्फ सुक्खा दुनुकेको क्यानडाको पिनिपेग शहरमा गोली हानी हत्या भएको छ । भारतको एनआईएको वान्टेड सूचीमा समावेश सुक्खा खालिस्तानी नेता अर्शदीप सिंह उर्फ अर्श दालाको दाहिने हात थिए । क्यानडामा बसेर भारतमा रहेका आफ्ना सहयोगीमार्फत अपरेशन चलाइरहेको भनि आरोप लाग्ने गरेको सुक्खा दुनुकेविरुद्ध  भारतमा सातवटा फौजदारी मुद्दा दर्ता भएका थिए ।

भारतको अस्वीकारोक्ती:

भारतको विदेश मन्त्रालयले विज्ञाप्तिमार्फत क्यानडाका विदेशमन्त्री जस्टिन ट्रुडोले संसदमा निज्जरको हत्यालाई भारतसँग जोडेको भनाइको प्रत्यक्ष खण्डन गर्दै क्यानडामा भएको हिंसाको घटनामा भारत सरकारको संलग्नताबारे लगाइएका आरोपहरू “निरर्थक र प्रेरित” भएको जनाउँदै आधारहीन आरोपहरू खालिस्तानी आतङ्कवादी र चरमपन्थीहरूबाट ध्यान मोड्नका लागि गरिएको, भारतको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका लागि खतरा मानिएका खालिस्तानी आतङ्ककारी र अतिवादीहरूलाई क्यानडाले  शरण दिएको, यी विषयमा क्यानडा सरकारले लामो समयदेखि कारबाही नगर्नु आफ्ना लागि चिन्ताको विषय बनेको जनाउँदै क्यानडाको माटोबाट सञ्चालित भारतविरोधी गतिविधिविरुद्ध तुरुन्त र प्रभावकारी कानुनी कारबाही गर्न क्यानडा सरकारसंग माग गरेको छ । यद्दपी भारतको गृह मन्त्रालयको आतंकवादीको सूचीमा निज्जरको नाम पनि सूचीकृत थियो । सन् २०२० मा भारतीय राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआइए)ले उनीमाथि ‘खालिस्तान‘को पक्षमा विश्वभरका शिख समुदायलाई अलगावको पक्षमा मतदान गर्न, भारत सरकारविरुद्ध आन्दोलन गर्न र हिंसात्मक गतिविधिहरू गर्न उक्साउने जस्ता अराजक क्रियाकलापमार्फत शिख समुदायलाई कट्टरपन्थी बनाउने प्रयास गरेको आरोप लगाएको थियो ।

क्यानडा र भारतबीचको आर्थिक पक्षको तुलनाः

पछिल्लो समूह भारत र क्यानडाबीच विकसित विवादको सन्दर्भमा G7 समूहका UK‚ USA‚ Australia‚ Netherland ले Canada को साथ दिएको देखिन्छ । आर्थिक तथ्याङ्कका आधारमा तुलना गर्दा जिडिपी बाहेकका अधिकांश अन्य सूचकहरुमा क्यानडा अगाडि रहेको छ । भारतको जिडिपी ३ ट्रिलियन US$ ‚ सय मिलियन डलरको निर्यात व्यवसाय‚ २ हजार US$ को प्रतिव्यक्ति आय रहेको छ भने क्यानडाको  २.१ ट्रिलियन डलरको जिडिपी‚ ६५७ विलियन डलरको निर्यात व्यवसाय‚ ६० हजार US$ नजिकको प्रतिव्यक्ति आय रहेको छ । यस्तै प्रविधि‚ climate financing‚ आर्थिक सहयोग गर्ने डोनर कन्ट्रिको रुपमा क्यानडा भारतभन्दा निकै अगाडि रहेको देखिन्छ ।

क्यानडाबाट भारत तथा नेपालमा फर्टिलाइजर(मलखाद)‚ इन्धन‚ खाद्यान्न‚ तरकारी‚ कागज‚ आइरन स्टिल‚ बहुमूल्य धातु‚ आदिहरु आयात हुने गरेकोमा खनिज ३६%‚ कागजका सामग्री १५%‚ तरकारीजन्य वस्तुहरु ११%‚ अन्य धातुहरु १०%‚ रसायनिक पदार्थ ७%‚ बहुमुल्य धातुहरु ७%‚ मेसिनरी सामग्री ६%‚ उपकरण ६% र अन्य सामग्रीहरु २% का अनुपातमा आयात हुने गरेको छ ।

खालिस्तानि मुभमेन्टको नेपालमा प्रभाव:

नेपालको जनगणना २०७८ को तथ्याङ्क अनुसार शिख धर्मअवलम्वीहरुको जनसङ्ख्या १४९६ जना र कुल जनसङ्ख्याको ०.०१ प्रतिशत रहेको देखिन्छ । खालिस्तानि मुभमेन्टमा संलग्न शिखहरुले भारत लगायत क्यानडा, वेलायत, अस्ट्रेलिया लगायतका देशमा समयसमयमा भारतविरोधी र शिख धर्म प्रवर्धनका लागी गतिविधि गर्दै आएको भएपनि नेपालमा भने अल्पसख्यक रुपमा रहेका शिख धर्मावलम्विहरुले सो प्रकारका गतिविधिमा प्रत्यक्ष तथा परोक्ष संग्लग्नता देखाउने तथा सो अभियानलाई सहयोग पुर्याउने सम्भावना रहेको देखिदैन । यद्दपी उक्त मुभमेन्ट विकासित हुदै गएमा भारतिय शिख धर्मावलम्वी पक्षधरले नेपाल लगायतका छिमेकी देशमा रहेका शिख धर्मावलम्वीहरुलाई प्रभावित पार्नसक्ने जोखिमलाई भने नकार्न सकिदैन । 

हाल भारतमा शिख धर्मावलम्वीहरुको प्रत्यक्ष वा परोक्ष रुपमा हिन्दू स्वयंसेवक संघसँग दुस्मनी रहेको र  नेपालमा समेत हिन्दूधर्मावलम्वीहरु उल्लेख्य मात्रामा रहेको परिप्रेक्ष्यमा क्यानडा, भारतबीचको विकसित मनमुटावको विषयमा नेपाल भारतको पक्षमा उभिएमा क्यानडाद्वारा नेपाललाई प्रदान गर्ने सहायता घट्न सक्ने देखिन्छ ।

यस्तै हाल भारत र क्यानडाले एकअर्को देशका नागरिकहरुलाई समेत आवगमनमा निषेध गरेको परिप्रेक्ष्यमा उक्त मनमुटावको अवस्था थप जटिल बनेमा क्यानडाद्वारा नेपालीहरुलाई समेत हिन्दु समुदाय भनी भिसामा कडाइ गर्ने‚ हाल सञ्चालित तथा भविष्यमा प्राप्त हुने प्रोजेक्टमा सहयोग नहुने‚ भारतसँग पश्चिमा देशहरुले सम्बन्ध बिगारेमा प्रत्यक्ष असर नेपाललाई समेत पर्ने तथा नेपाललाई समेत वैदेशिक नीति तथा कुटनीतिको सन्तुलित अभ्यास गर्न कठिन पर्ने आँकलन गर्न सकिन्छ ।

धार्मिक‚ जातीय समूह/पक्षबीच पछिल्लो समय देखापरेको असमझदारी तथा विवाद

धार्मिक जातीय समूह पक्षबीच आ-आफ्नो धर्म संस्कृति र परम्पराको विषयलाई लिएर पछिल्लो समय मुलुकमा विशेष गरी तराई/मधेशका जिल्लाहरुमा असमझदारी र विद्वेषका घटनामा बढोत्तरी हुँदैगएको पाइन्छ । यसैबीच गत असारमा धरान उपमहानगरपालिका-१४ स्थित विजयपुर क्षेत्रमा रहेको वालगोपाल मन्दिर अगाडि चर्च बनेको विषयमा हिन्दूवादी समूह र क्रिश्चियन धर्मावलम्बीबीच सुरु भएको तिक्तता‚ आरोप प्रत्यारोपले धरान क्षेत्रमा दुई धार्मिक समूहबीच उत्पन्न विद्वेषको घटना सेलाउन नपाउदै आदिवासी जनजाति समुदायले गोरु काटेर खान पाउनुपर्ने भन्दै स्थानीय प्रशासनलाई दवाव दिन भनि नेपाल आदिवासी जनजाति महासंघ धरान समन्वय समितिको अगुवाइमा गत साउन ३० गते धरानमा गोरु काटेर सामुहिक भोज खाएको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेपछि सोको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत विभिन्न हिन्दूवादी संघ/संस्था‚ पक्षधर समूहले काठमाण्डौ उपत्यका लगायत मोफसलका अधिकांश जिल्लामा हिन्दू धर्मको रक्षा‚ गौहत्यमा रोक‚ संलग्नलाई कारवाही लगायतका माग/मुद्दा उठान गरी विरोध र्‍याली प्रदर्शन‚ कोण सभा‚ मसाल जुलुस प्रदर्शन समेतका विरोधजन्य गतिविधि गर्दैआएका छन् ।

  • यसैबीच गौहत्याको विरोधमा विभिन्न धार्मिक समूह‚ संघ‚ संगठनहरुले देशका विभिन्न जिल्लाहरुमा विरोधजन्य गतिविधि गर्दैआइरहेको परिप्रेक्ष्यमा पछिल्लो समय झापाको भद्रपुर‚ मोरङको पथरी शनिस्चरे र खोटाङमा गोरु काटेर खाएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै मूलवासी मंगोलहरुले सांस्कृतिक विद्रोह स्वरुप गोरु काटेर खाएको भनि केही पहिचानवादी समूहले धार्मिक सद्‌भावलाई भडकाएर थप उत्तेजित बनाउने प्रयास गरेको पाइन्छ । हिन्दू धर्मावलम्बीहरुलाई उत्तेजित बनाउने यस प्रकारका भिडियो‚ टिका टिप्पणी सामाजिक सञ्जाल मार्फत सार्वजनिक हुन थालेपछि हिन्दूवादी समूह/पक्षधरले हिन्दू धर्ममाथिको चौतर्फी अतिक्रमण बन्द गरिनुपर्ने समेतका विषय उठान गरी मुलुकमा विभिन्न जिल्लाहरुमा विरोध प्रदर्शन सहित हिन्दू पक्षधरको एकतालाई कसिलो बनाउने तर्फ उन्मुख भइरहेका छन् ।

हिन्दू धर्मको संरक्षणका लागि पछिल्लो समय सक्रिय देखिएका पार्टी तथा हिन्दूवादी समूहः

  • राष्ट्रिय प्रजातन्त्र पार्टी‚ (अध्यक्ष राजेन्द्र लिङदेन)
    • राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल‚ (अध्यक्ष कमल थापा)
    • विश्व हिन्दू महासंघ‚ (अध्यक्ष रामचन्द्र अधिकारी)
    • हिन्दू सम्राट सेना नेपाल‚ (अध्यक्ष राजेस यादव)
    • शिव सेना‚ (अध्यक्ष सुनिल बस्नेत)
    • जगतगुरु बालसन्त मोहनशरण देवको समूह‚
    • मोरङको वृद्धावन गौशालाका संरक्षक श्री महामण्डलेश्वर १०८ महराज दिनवन्दु शास्त्री र कैलालीको लक्ष्मी नारायण मन्दिरका पिठाधिस १००८ स्वामी देवराज आचार्य समेतको समूह‚
    •  हिन्दू परिषद नेपाल‚ (अध्यक्ष सन्तोष पट्टेल)
    • हिन्दू स्वंयसेवक संघ नेपाल‚  (अध्यक्ष हेम शर्मा आचार्य)
    • वैदिक सनातन धर्म संरक्षण समिति‚ (अध्यक्ष दोर्ण सुवेदी)
    • विश्व हिन्दू परिषद नेपाल‚ (अध्यक्ष टिका पहारी)
    • विर गोर्खाली अभियान‚ (अध्यक्ष सन्तोष राजावादी)
    • गौ संरक्षण मञ्च (अध्यक्ष जगदिश महासेठ) लगायतका स्थानीय स्तरमा गठीत  विभिन्न हिन्दूवादी धार्मिक समूहहरु ।
    • अर्कोतर्फ मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा पछिल्लो समय स्थानीय हिन्दू र मुस्लिम धर्मावलम्बीहरुले धार्मिक कट्टरतालाई प्रश्रय दिई आ-आफ्नो चाडपर्वको दौरान गर्ने धार्मिक एवं सांस्कृतिक कार्यक्रमको क्रममा एक पक्षले अर्को पक्षलाई धार्मिक भावनामा चोट पुग्ने गरी कार्यक्रम गरेको आरोप लगाउँदै वादविवाद गर्ने झडपमा उतारु भई धार्मिक सद्‍भावमा खलल पुर्‍याउने प्रवृत्तिमा बढोत्तरी हुँदै गएको पाइन्छ ।
    • यसैक्रममा भदौ २२ गते सर्लाहीको मलंगवामा श्री कृष्ण जन्माष्टमीका लागि बनाइएको कृष्णको मूर्ति विसर्जन गर्नका लागि हिन्दूवादी समूहले धार्मिक र्‍यालीको रुपमा लैजाने क्रममा दुई समूहबीच भएको झडपले दुई दिनसम्म उग्ररुप लिएको थियो । परिस्थिति जटिलतर्फ उन्मुख भएपछि स्थानीय प्रशासनले मलंगवा क्षेत्रमा भदौ २३ गतेबाट २४ गतेसम्म कर्फ्यु आदेश र भदौ २७ गतेसम्म उक्त क्षेत्रमा भेला, जुलुस प्रदर्शनमा रोक लगाउँदै निषेधाज्ञा जारी गरी थप मुठभेड हुनबाट रोकेको थियो ।
    • उल्लेखित असमझदारीबाट सृजित घटना सेलाउन नपाउँदै असोज ४ गते सोही जिल्लाको मलंगवामा करिब ५ सय हिन्दू धर्मावलम्बीहरुको सहभागितामा गणेशको मूर्ति विसर्जन गर्न लैजाने क्रममा मुस्लिम समुदायले र्‍यालीका सहभागीमाथि आक्रमण गरेको भन्ने विषयलाई लिएर हिन्दूवादी समूह मुस्लिम समुदायका घर पसलमा प्रदर्शन, तोडफोड, आगजनीमा उत्रिएपश्चात स्थानीय प्रशासनले सोही दिनबाट स्थिति नियन्त्रणमा नआएसम्म कर्फ्यु आदेश जारी गरी दुई पक्षबीच हुन सक्ने थप झडप र हिंसालाई रोकेको थियो ।
    • यसैगरी बाँकेमा फेसबुक पेजबाट मुस्लिम समुदायलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर सो समुदायका व्यक्तिहरुले संलग्नलाई कारवाहीको माग राख्दै स्थानीय प्रशासनमा ज्ञापनपत्र बुझाएपछि शिवसेना नेपाल, हिन्दू समाज, ॐ कार परिषद समेतका हिन्दूवादी समूह आक्रोशित भई असोज १६ गते प्रतिकारात्मक प्रदर्शनमा उतारु हुँदा दुई समूहबीच झडप भएको र दुवै पक्षले हातहतियार सहित एक अर्को पक्षलाई काउण्टर दिएर विरोध, र्‍याली  र प्रदर्शन गर्दा परिस्थिति जटिल बनेको थियो  ।

धार्मिक समूहहरुले आ-आफ्नो अस्तित्व रक्षाका लागि पछिल्लो समय अवलम्बन गरेका रणनीति:

  • यस प्रकार आ-आफ्नो धर्म‚ संस्कृति‚ परम्पराका विषयमा हिन्दू-मुस्लिम दुवै पक्षले एक अर्काका विरुद्ध वदलाभाव लिने‚ एक अर्काको सांस्कृतिक र सामाजिक भावनामा चोट पुग्ने गरी टिप्पणी तथा गतिविधि गर्दै धार्मिक सांस्कृतिक र सामाजिक भावनामा चोट पुग्ने किसिमका गतिविधि गर्ने प्रवृतीमा वढोत्तरी हुदैंगइरहेको परिप्रेक्ष्यमा असोज १९ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-४ घोसीटोलस्थित गौशिया मस्जिदमा मौलाना समिउल्लाह खाँ समेत ३०/३५ जना मुस्लिम समुदायका युवाहरुको उपस्थितिमा बसेको बैठकले बडवउ खाँ‚ सलमान खाँ समेत २२ जना युवाहरु सम्मिलित इस्लामी लश्कर नामको संगठन खडा गरी आगामी दिनमा हुन सक्ने झडप‚ प्रर्दशन लगायतका गतिविधिमा युवाहरुलाई परिचालन गर्न स्थान विशेष जिम्मेवारी समेत तोकेको छ ।
    • यसैबीच हिन्दू धर्ममाथिको चौतर्फी अतिक्रमण बढ्दै गएकोले त्यसलाई रोक्नु पर्ने भन्दै हिन्दू धर्मको संरक्षणका लागि विभिन्न हिन्दुवादी समूहले मुलुकका विभिन्न स्थानमा र्‍याली‚ प्रदर्शन‚ कोणसभा‚ ज्ञापनपत्र प्रस्तुत समेतका गतिविधिलाई बढ्वा दिदैंआइरहेको सन्दर्भमा पछिल्लो समय भारतको कट्टर हिन्दूवादी संगठन राष्ट्रिय स्वयंसेवक संघको समानान्तर संगठनको रुपमा रहेको हिन्दू स्वयंसेवक संघ नेपालले विशेष गरी तराई मधेशका जिल्लाहरुमा प्राथमिक शिक्षा वर्गको नामबाट युवा/विद्यार्थीहरुलाई हिन्दू धर्म सम्बन्धी विषयमा केन्द्रित रहेर साताव्यापी आवाशीय प्रशिक्षण दिदैंआइरहेको छ ।
    • युवा विद्यार्थीलाई शारीरिक अभ्यास समेतका विषयमा प्रशिक्षण गर्न भनि गत असोज २५ गतेबाट विभिन्न जिल्लाहरुमा संचालन गर्दैआएको यस प्रकारको प्रशिक्षण कार्यक्रम मोरङ‚ सुनसरी‚ सिरहा‚ सप्तरी‚ रुपन्देही‚ कपिलवस्तु‚ कञ्चनपुर, सिन्धुली लगायतका जिल्लाहरुमा सम्पन्न गर्नुका साथै दाङ जिल्लामा सोही प्रकारको कार्यक्रम प्रारम्भ गरेको छ भने विश्व हिन्दू परिषद‚ हिन्दू सम्राट सेना‚ राष्ट्रिय एकता अभियान लगायतले युवाहरुलाई संगठित तुल्याउने लक्ष्यका साथ तराई मधेशका जिल्लाहरुमा संगठन विस्तार‚ प्रचार-प्रसार‚ भेला‚ प्रदर्शनलाई तिव्रता दिदैंआएका छन् ।
    • अर्कोतर्फ हिन्दू र इसाई धर्मावलम्बीबीच सुनसरीको धरानबाट देखा परेको असमझदारी एवं विद्वेषको प्रभाव पछिल्लो समय बर्दिया‚ नवलपरासी(पश्चिम)‚ कपिलवस्तु‚ रुपन्देही सहित मधेश प्रदेशको धनुषा‚ सप्तरीसम्म पुगी हिन्दूवादी समूह(विशेष गरी युवा समूह)ले इसाई धर्मावलम्बीहरुको प्रचार-प्रसार‚ भेला प्रशिक्षण समेतका गतिविधिमा रोक लगाउने‚ प्रचार-प्रसारमा हिडेका व्यक्तिहरुमाथि मोसो दल्ने लगायतका दुर्व्यवहार गर्ने गरेको पाइएकाले यी दुई धर्मावलम्बीहरुबीच धार्मिक असहिष्णुता बढ्दै जाने देखिन्छ ।

विश्लेषणः

  • हिन्दू धर्मावलम्बीहरुले हिन्दू धर्म माथि अतिक्रमण भैरहेको, धर्मान्तरण गराउने कार्यमा बढोत्तरी भएको जनाउँदै यसलाई रोक्नुपर्ने भनि विरोधजन्य गतिविधिमा उतारु हुँदै युवा वर्गलाई संगठित र प्रशिक्षित गरिदै लैजानु, क्रिश्चियन धर्मावलम्बीहरुले इसाई धर्मको प्रचारप्रसार गरी धर्मान्तरण गराउन अभिप्रेरित गर्ने, चर्च, मण्डलीको संख्यामा वृद्धि गराउदै लैजाने कार्यलाई निरन्तरता दिनु र इस्लाम धर्मावलम्बीहरुले विदेशी मौलाना, जमात टोलीद्वारा प्रशिक्षित गराउँदै मुस्लिम वस्तीहरुमा मस्जिद, मदरसाहरुको संख्या उल्लेख्य वृद्धि गरिनु‚ युवा सम्मेलित इस्लामिक लश्कर नामक संगठन खडा गरी प्रदर्शन र झडपका क्रममा प्रयोग गर्ने रणनीति अगाल्नुले  मुलुकमा पछिल्लो समय धार्मिक क्षेत्रका गतिविधि थप पेचिलो बन्दै गएको देखिन्छ ।
    • जातीय एवं धार्मिक समूहहरुबीच उत्पन्न भइरहेको अन्तरविरोध र तिक्तताले परिस्थिति धार्मिक एवं जातीय हिंसामा परिणत भई धार्मिक स्थलहरु तोडफोड, एक अर्को पक्षबीच आक्रमणको अवस्था सृजना भई परिस्थिति शान्ति सुरक्षामा खलल पुग्न सक्ने तर्फ सतर्कता अपनाउनुपर्ने, अल्पसंख्यक रुपमा रहेको इसाई धर्मावलम्बी समूहहरुलाई हिन्दू पक्षधरबाट आक्रमण हुनसक्ने संकेतहरु देखिएको परिप्रेक्ष्यमा धार्मिक सहिष्णुता कायम गर्नको निमित्त पहलकदमी बढाउनु पर्ने देखिन्छ ।
    • सुनसरी, मोरङ, झापा, उदयपुर, धनुषा, सर्लाही‚ महोत्तरी, बाँके लगायतका जिल्लाहरुमा हिन्दू, क्रिश्चियन, मुस्लिम समुदायबीच उत्पन्न भइरहेको तिक्तता, कोशी प्रदेशमा पहिचानवादी पक्षधरको आक्रोशपूर्ण गतिविधि तथा नेपालमा जातीय, धार्मिक सहिष्णुतामा खलल पुर्‍याई आफ्नो अभिष्ट पूरा गर्ने पक्षको रणनीतिक योजना तर्फ समेत गम्भिर भई सामाजिक सद्‍भाव, धार्मिक सहिष्णुता कायम गर्न सबै पक्ष लाग्नुपर्ने र सबै सुरक्षा निकायले उच्च सतर्कता अपनाउँदै जानुपर्ने वाञ्छित देखिन्छ ।
    • नेपालमा हिन्दू धर्ममाथिको चौतर्फी अतिक्रमण बढेको भन्दै राजावादी तथा हिन्दू धर्म सम्बद्ध समूहहरुले गतिविधि बढाउदै आएको परिप्रेक्ष्यमा योजनाबद्ध रुपमा नै इशाई समूहद्वारा गैरसंवैधानिक एवं गैह्रकानुनी रुपमा धर्म परिवर्तन गराउने गतिविधि बढ्दै जानुले आगामी दिनमा धार्मिक सहिष्णुतामा खलल पुग्न गई शान्ति सु-व्यवस्थामा चुनौती उत्पन्न हुनसक्ने ।
    • भारत‚ पाकिस्तान‚ बंगलादेश‚ साउदी अरब‚ कुबेत लगायतका मुस्लिम बहुल राष्ट्रबाट धार्मिक टोली मुस्लिम धर्म प्रचारप्रसार, धार्मिक प्रवचन एवं धार्मिक गतिविधिका नाममा सक्रियता बढाउनु शंकास्पद देखिएकाले त्यस्ता गतिविधि प्रति सजगता तथा निरन्तर निगरानी राख्नु पर्ने देखिन्छ ।
    • धर्मान्तरणमा बढोत्तरी, धर्मान्तरण विरोधी गतिविधि, चर्च, मण्डलीको संख्यामा निरन्तर वृद्धि, विदेशी मौलाना, जमात टोलीको बढ्दो उपस्थिति, मस्जिद, मदरसाहरुको संख्या उल्लेख्य वृद्धि, हिन्दू समूहहरुको कट्टरभाव, प्रतिशोधपूर्ण प्रतिक्रिया लगायतले तराईका क्षेत्रमा धार्मिक विषय थप पेचिलो बन्दै गएको हुँदा सबै पक्ष सजग हुनुपर्ने ।
    • हिन्दू र मुस्लिम समुदायबीच समय समयमा परम्परागत धर्म‚ संस्कृति‚ सामाजिक रितिरिवाज‚ विवाह‚ दाहसंस्कार स्थल आदिका नाममा विवाद/झडप समेतका घटनाले शान्ति सुरक्षामा खलल पुग्ने गरेको परिप्रेक्ष्यमा हिन्दू‚ मुस्लिम सम्प्रदायबीच आपसी सद्‍भाव र सह-अस्तित्व स्वीकार गर्दै एक आपसमा धार्मिक सहिष्णुता कायम गराउन स्थानीय निकाय‚ राजनीतिक दलहरु समेतले स्थानीय प्रहरी प्रशासनको सहकार्यमा पहल कदमी वढाउनु पर्ने देखिन्छ ।

भारतमा नक्कली रामग्राम स्तूपको प्रचार

पृष्ठभूमीः

भारतले लुम्बिनी भारतमा रहेको प्रचार प्रसार गर्दैआएको सर्न्दभलाई लिएर नेपालमा पटक-पटक आवाज उठनुका साथै भारतको विरोध समेत हुनेगरेकोमा पछिल्लो समय भारत उत्तर प्रदेश को महाराजगञ्ज जिल्लाको जिल्ला प्रशासन कार्यालयको आधिकारिक वेभसाइटमा रामग्राम स्तूप सोही जिल्लाको सोहगीबरवा जंगलमा रहेको उल्लेख गर्नुका साथै हिन्दुस्तान पत्रिकाले महाराजगंज जिल्लाको बनर्सिहा कला देवदहमा गौतम बुद्धको अस्तु उत्खनन कार्य पुन: आगामी डिसेम्बरबाट सुरु हुने समाचार प्रकाशित भएसँगै नेपालका बौद्ध अनुयायी तथा नवलपरासी(पश्चिम)का स्थानीयहरुले उक्त भारतीय प्रचारप्रसारको विरोध गर्दै सरकारले कुटनीतिक पहलबाट त्यस्ता भ्रमपूर्ण कार्य रोक्नुपर्ने जनाएका छन् ।

विभिन्न धार्मिक लेख, आत्मवृतान्त तथा पुरातत्वविदका अनुसार गौतम बुद्धको अस्तु धातु रहेको स्थल हालको नवलपरासी(पश्चिम)को रामग्राम नगरपालिका-७ स्थित उजैनी भएतापनि भारतीय पक्षले गलत प्रचार गर्दै विहारको महाराजगंज जिल्लामा उत्खनन कार्य अगाडि बढाई रहेकोले रामग्राम स्तूप संरक्षण तथा पर्यटन विकास संस्था नवलपरासीस्थित नागरिक समाज, लुम्बिनी विकास कोष, समाजसेवी लगायत स्थानीयहरुले पत्रकार सम्मेलन, ज्ञापनपत्र प्रस्तुत तथा छलफललाई जारी राखेका छन् ।

रामग्राम स्तूपको वास्तविकता र महत्व:

लुम्बिनीमा जन्मेका बुद्धको जीवन नेपाल र भारतका विभिन्न गाउँ शहरहरुमा धर्म प्रचार गरेर बित्यो । उनको परिनिर्वाण हाल भारतको कुशीनगरमा भएको थियो । बौद्ध ग्रन्थहरुको अनुसार उनको महापरिनिर्वाण भएपछि शवको दाह संस्कारपश्चात केही मोतीका दानाजस्ता अस्तुधातु बाँकी भए । दाहसंस्कारमा उपस्थित त्यसबेलाका सबै बौद्ध राज्यहरु ती अस्तु धातुका दानाहरु आफ्नो देशमा लान पाउनुपर्ने मागसहित युद्ध नै गर्न तम्सिए र पछि उनीहरुले एक जना द्रोण नाम गरेका पण्डितको सहायताले त्यसलाई आठ भागमा विभाजन गरेर लिएको इतिहास छ । त्यसलाई तत्कालीन मगध, बैशाली, कपिलवस्तु, अलकप्प, कोलीयग्राम, वट्ठदिप, पावा र कुशिनगरका राजाहरुले लगे । उनीहरुले भगवान बुद्धप्रतिको श्रद्धाअनुरुप आआफ्नो स्थानमा ती अस्तु धातु लगेर विशाल स्तुप बनाएर बुद्धधर्मलाई निरन्तरता दिए । त्यसमध्ये कोलियग्रामका राजाले त्यस अस्तु धातुलाई राखेर बनाएको स्तुप नै रामग्राम स्तुप हो । पछि इशापूर्व २६८ देखि २३२ सम्म शासन गरेका मौर्य सम्राट अशोकले बुद्धधर्मको महत्व बुझी यसलाई सबै देशहरुमा प्रचार गर्ने भनेर ती सबै स्तूपबाट अस्तुधातु निकाली त्यसबाट ८४ हजार स्तुप बनाउन लगाई सम्पूर्ण भारत वर्षमा स्थापना गर्ने योजना बनाए । बौद्ध ग्रन्थहरुमा उल्लेख भएअनुसार सम्राट अशोकका दुतहरुले रामग्राममा अस्तु निकाल्न आउँदा त्यहाँका नागहरुले रक्षा गरेको कारण अस्तु सुरक्षित रहयो ।

इशाको पाँचौं शताब्दीमा फाहियान र सातौं शताब्दीमा हुयेनसाङ जस्ता यात्रीहरुले यस तीर्थस्थलको भ्रमण गरेको ऐतिहासिक दृष्टान्त पाइन्छन् । उनिहरुको यात्रा वृत्तान्तमा कोलीय गणराज्यको राजधानी देवदह, रामग्रामदेखि पूर्व र दक्षिण दिशामा ८ माईलको दुरीमा रहेको भगवान् गौतम बुद्धको अस्तुधातु रहेको स्थल नै रामग्राम स्तूप रहेको उल्लेख छ । सन् १८९९ मा एसियाटिक सोसाइटी अफ बेङ्गालका इतिहासकार डा. डब्लु होयेले रामग्राम स्तूप पत्ता लगाएका थिए । पछि सन् १९६४ मा यो नै रामग्राम स्तुप हो भन्ने प्रमाणित भयो । यहाँ जमिनको सतहमा सन् १९९७ तथा १९९९ मा भौतिक सर्भेक्षण गरिएको थियो । यसबाट स्तुपको पूर्व र उत्तरमा चतुष्कोणीय विहारहरुको अवशेष भएको निक्र्यौल गरिएको थियो । पछि पुरातत्व विभागका शुक्रसागर श्रेष्ठले सन् १९९९ तथा २००४ को बिचमा उत्खनन् पनि गरे । त्यसबाट यस क्षेत्र मौर्यकाल अर्थात् ईशा पूर्व ३२२ देखि १८५ को बिचमा तथा गुप्तकाल अर्थात् ईशाको ३२० देखि ईशाको ५५० को वरिपरी विकसित भएको निष्कर्ष निकालिएको थियो । हाल स्तूपको रुपमा करिब १० फिट अग्लो तथा २३.५ मिटर ब्यास भएको घाँसले ढाकिएको एउटा ढिस्को मात्र देखिन्छ ।

स्तुपको वर्तमान अवस्था:

जिल्लाको सदरमुकाम परासीदेखि दक्षिण महेशपुर सडकको तीन किमी टाढा उजैनी गाउँबाट पूर्वतर्फ झरही खोलाको किनारमा समतल मैदानमा देखिने घाँसे थुम्को नै रामग्राम स्तूप हो । वरिपरी घुम्नलाई काठको फलेकको र्याम्प बनाइएको छ भने पूजा पाठ गर्ने एउटा ठाउँ पनि बनाइएको छ । यसबाहेक प्रवेशद्वारको दुबै तिर मेचहरु सहितको सानो बगैंचाहरु बनाइएको छ । दुई जना सुरक्षा गार्डले यस पुरातात्विक क्षेत्रमा सुरक्षा प्रदान गर्दै आएको छन् । रामग्राम स्तुप, विश्वकै एक मात्र भगवान बुद्धको अस्तु धातु अविछिन्न रुपमा राखिएको पवित्र स्थल हो । विश्वभरका बौद्ध धर्मावलम्बीहरु यहाँ एकमात्र मौलिक रुपमा अस्तुधातु भएको पवित्र स्तूप भनेर पूजा आराधना गर्न आउने गरेका छन् । देश विदेशबाट तीर्थयात्रीहरु यहाँ आएर सामुहिक रुपमा बुद्धपूजा तथा परित्राण पाठ गर्ने गरेका छन । रामग्राम स्तूपको संरक्षण र विकासमा ध्यान दिन स्थानीयले सरकारसँग माग गर्दै आएका छन ।

चरणबद्ध रुपमा भएका गतिविधिहरु :

  • कार्तिक १० गतेः

नागरिक समाज, नवलपरासी(पश्चिम) का अध्यक्ष राधेश्याम सिंह सैथवार सहित ४/५ जनाले जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई भारतले नक्कली रामग्राम स्तूप खडा गरी भारतीय भूमिमा रहेको भनी प्रचारप्रसार गरिरहेको प्रति घोर आपत्ति जनाउँदै यस विषयमा नेपाल सरकारले कूटनीतिक माध्यमबाट समस्या निराकरण गर्नु पर्ने माग राखी प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालमार्फत सम्माननीय प्रधानमन्त्री, नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय एवं लुम्बिनी बिकास कोषका अध्यक्ष र माननीय मुख्यमन्त्री समक्ष ध्यानाकर्ण पत्र बुझाएको थियो ।

  • कार्तिक १२ गतेः

रामग्राम स्तूपबारे भारतले गरिरहेको गलत प्रचार रोक्न माग गर्दै रामग्राम स्तुप संरक्षण तथा पर्यटन बिकास संस्थाले नवलपरासी(पश्चिम) को रामग्राम नगरपालिका-७ उजैनी स्थित रामग्राम स्तुपमा पत्रकार सम्मेलन गरेको थियो ।

  • कार्तिक १३ गतेः

जिल्लास्थित जिल्ला समन्वय समितिमा समितिका प्रमुख भगौती यादव (रुदल) को अग्रसरतामा लुम्बिनी बिकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, नागरिक समाज नवलपरासी (पश्चिम) का अध्यक्ष राधेश्याम सिंह सैथवार, समाजसेवी लगायत सरोकार निकायहरुबीच छलफल भएको ।

  • कार्तिक १६ गतेः

रामग्राम स्तूपमा कार्तिक १५ गतेदेखि उत्खननका लागि भू-भौतिक सर्वेक्षण (जियोफिजिक्स सर्भे) काम सुरु भएको । बुद्धको अस्तुधातु रहेको प्राचिन रामग्राम स्तुपको करिव २० वर्षपछि फ्रान्सको ओरेन्टल कल्चरल हेरिटेज साइट प्रोटेक्सन एलाइन्सको आर्थिक सहयोगमा दोस्रो पटक उत्खननको काम भईरहेको । नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी बिकास कोष र बेलायतको दुरह्याम विश्वविद्यालय एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय बिज्ञहरुको संलग्नतामा स्तूपको उत्तर पश्चिममा रहेको खुल्ला चौरमा उक्त उत्खनन कार्य सुरु भएको र आगामी नोभेम्बर २८ सम्म जारी रहने बुझिएको ।

सन् २०१८ र २०१९ मा गरिएको जियोफिजिक्स सर्भेका क्रममा स्तूपको उत्तर पश्चिमतर्फको खाली जमिनमा ठूलो क्षेत्रफलमा फैलिएको बिहार, पोखरी लगायत बुद्धकालीन सामाग्रीहरु रहेकोमा सोको वास्तविक अवस्था पत्ता लगाउन उत्खनन कार्य सुरु गरिएको । लुम्बिनी उत्खननमा संलग्न दुरहाम विश्व विद्यालयका प्रोफेसर डा. रविन कनिङघमको नेतृत्वमा पुरातत्व विभागका पुरातत्वविद भाष्कर ज्ञवाली, लुम्बिनी बिकास कोषका पुरातत्वविद हिमाल उप्रेती लगायत करिव १० जनाको टोली उक्त उत्खननमा संलग्न रहने बुझिएको ।

निश्कर्ष:

  • लामो समयदेखी सरकारको प्राथमिकतामा नपर्दा रामग्राम स्तूप ओझेलमा पर्दै आएको अवस्थामा भारतीय पक्षले बुद्धको अस्तु धातु अविछिन्न रुपमा राखिएको पवित्र स्थल आफ्नो भूमिमा रहेको दाबी गरि प्रचार प्रसार गर्नु चिन्ताको विषय रहेको,
  • विश्व सम्पदा सूचिमा सूचीकृत प्रक्रियामा रहेको प्राचीन रामग्राम स्तुपको विकास, संरक्षण र प्रचारप्रसारमा ध्यान नपुग्दा स्तुपको महत्व ओझेलमा परेको,
  •  भारतसँग सम्बन्धीत जिल्ला तथा मन्त्रालय तहबाट कूटनीतिक पहल गरी अनावश्यक प्रचार नगर्न अनुरोध गर्नुपर्ने,
  •  भारतले आफ्नो मुलुकमा गरिरहेको उत्खनन र प्रचार प्रसारको जानकारी/सूचना संकलन गरी वास्तविकताको आधारमा आवश्यक  कूटनीतिक पहल गर्न तथा रामग्राम स्तूपको प्रसारमा जोड दिनुपर्ने ।