इजरायल र प्यालेस्टाइनको हिंसाको इतिहास

पृष्ठभूमिः

  • ईसापूर्वः इजरायलका राजा सुलेमानले जेरूशलेममा यहूदीहरूका लागि एउटा मन्दिर बनाएका थिए । त्यसबेला यो उनीहरूको लागि सबैभन्दा पवित्र क्षेत्र बनेको थियो । त्यो साम्राज्य निर्माणको समय थियो । त्यस मन्दिरलाई नष्ट गर्न मिश्र र पछि रोमनहरूले जेरूशलेममाथि आक्रमण गरे । ईसापूर्व ७० वीसीमा रोमनले जेरूशलेम क्षेत्रमा बनाइएको पुनः र्निमित मन्दिरहरु ध्वस्त पारे । यी शताब्दीहरूमा यहूदी मानिसहरू ठूलो संख्यामा यो क्षेत्र छाडेर भागे ।
  • सातौं शताब्दी: इस्लामिक खलीफाट सेनाले जेरूशलेमलाई नियन्त्रणमा लिएको थियो । शताब्दीयौंसम्म यहूदीहरूको यो क्षेत्र छोडेर जानेक्रम जारी रह्यो । उनीहरु युरोप, विशेष गरी जर्मनी र वरपरका क्षेत्रहरुमा विस्थापित भए, जर्मनी वरपरका क्षेत्रहरुमा यहूदीहरूको सबैभन्दा धेरै जनसंख्या पुग्यो ।
  • पहिलो विश्वयुद्ध पश्चातः युद्धमा जर्मनीको पराजय (१९१४-१९) पश्चात जर्मनीमा एडोल्फ हिटलरको उदय भयो जसले देश पराजित हुनुमा यहूदीहरूलाई दोष दिए । उनले जर्मनीको विस्तार गरे र यहूदीहरू आफूले नियन्त्रण गरेको क्षेत्रहरूमा सताए । युद्धपश्चात बेलायतले उनीहरु बस्नको बन्दोबस्तका लागि प्यालेस्टाइन र ट्रान्स-जोर्डन (इजरायल, वेस्ट बैंक र गाजा लगायतका क्षेत्रहरू) दियो । इजरायलमा यहूदी आप्रवासको गति बढ्यो ।
  • नोभेम्बर २, १९१७ मा, बेलायतका तत्कालीन विदेश सचिव, आर्थर बाल्फरले ब्रिटिश यहूदी समुदायका एक व्यक्तित्व लियोनेल वाल्टर रोथस्चाइल्डलाई सम्बोधन गर्दै लेखेको पत्रमा बेलायती सरकार “यहूदी जनताका लागि प्यालेस्टाइनमा राष्ट्रिय घरको स्थापना” र “यस उद्देश्यको उपलब्धि” लाई सहजीकरण गर्न प्रतिबद्ध भन्ने कुरा जनाएर बालफर घोषणा गरेका थिए ।
  • १९ औं शताब्दी: यहूदीहरू इजरायल वा प्यालेस्टाइनमा फर्किने अपिलको साथ जियोनिस्ट आन्दोलनको थालनी भयो ।
  • विश्वयुद्धपश्चात् दोस्रो (१९३९-४५): अमेरिका र बेलायतको सहयोगमा यहूदीहरूले १९४८ मा इजरायल राज्यको स्थापना गरे । प्यालेस्टाइनबाट छुट्टै राज्य निर्माण गर्न यहूदीहरूले अरबीहरूसँग सम्झौता गर्न असफल भएपछि यो राज्यको स्थापना भएको थियो ।
  • १९४८: बेलायतको ब्यवस्थापन समाप्त भएपछि र उसले आफ्नो नियन्त्रण हटाएपछि पहिलो इजरायल-अरब युद्ध सुरु भयो । अरब देशहरू प्यालेस्टाइनको पक्षमा थिए तर युद्ध इजरायलको पक्षमा टुङ्गीयो, युद्धमा उसलाई अमेरिकाले समर्थन गरेको थियो र उसले यो देशको लागि ठूलो क्षेत्र नियन्त्रण गर्‍यो । यो युद्धमा अनुमानित ७ लाख प्यालेस्टाइनले आफ्नो घर गुमाए र शरणार्थी भए ।
  • १९५६: दोस्रो इजरायल-अरब युद्ध इजिप्टले सुएज नहरलाई राष्ट्रियकरण गर्ने घोषणा गरेपछि सुरु भयो । यो महत्वपूर्ण व्यापार मार्ग हो । इजरायलले इजिप्टमा आक्रमण गर्‍यो, यसमा उसलाई ब्रिटेन र फ्रान्सको समर्थन थियो । युएस र पूर्व युएसएसआरले युद्ध समाप्त गर्न एउटा सम्झौता गरेपश्चात युद्ध समाप्त भयो ।
  • १९६४:  प्यालेस्टाइनले इजरायलको विरूद्ध संघर्ष गर्नका लागि प्यालेस्टाइन लिबरेशन संगठन (पीएलओ) अन्तर्गत संगठित गर्‍यो ।
  • १९६७: ६-दिने युद्ध भयो जसमा इजरायलले इजिप्ट, जोर्डन र सिरियालाई हरायो । इजरायलले गाजा पट्टी, वेस्ट बैंक, सिनाई प्रायद्वीप, गोलन हाइट्स र पूर्वी जेरूसलमललाई आफ्नो नियन्त्रण लियो । यिनै ठाउँबाट हिंसाको सिलसिला सुरु भयो । यो हिँसाबाट २.५० लाख भन्दा बढी प्यालेस्टिनी विस्थापित भएका थिएका थिए ।
  • १९७३: अरब राष्ट्रहरूले इजरायलमाथि आक्रमण गर्न एउटा गठबन्धनको निर्माण गरे । अरब राष्ट्रहरु घाटामा परेको थिए । यो युद्धले ठुलो तेलको संकट निम्त्यायो ।
  • १९८७: पहिलो प्यालेस्टिनी इन्टिफाडा सुरु भयो। इन्टिफाडा भनेको विद्रोह हो । गाजा, वेस्ट बैंक र इजरायल भित्र वर्षौंसम्म प्रदर्शन र झडपहरू जारी रह्यो । इन्टिफाडाको समयमा धेरै मानिसहरू मरे र घाइते भए ।
  • १९९४: एउटा अनुगमन सम्झौतामा हस्ताक्षर भयो, इजरायल र पीएलओबीच भएको यो सम्झौतालाई काइरो सम्झौता भनिन्छ । सम्झौताले प्यालेस्टाइनलाई वेस्ट बैंक र गाजामा क्षेत्रको प्रशासनिक मामिलाहरूको जिम्मा दियो तर वेस्ट बैंकमा इजरायली बसोबासको प्रश्न, र जेरूशलेमको स्थिति समाधान हुन सकेन । इजरायल र प्यालेस्टाइन दुबैले जेरूशलेमलाई आफ्नो भावी राजधानीको रूपमा हेरे ।
  • १९९५: इजरायलका प्रधानमन्त्री यित्जक रविनको हत्या भयो । हत्यामा प्यालेस्टाईनी अधिकारीहरुलाई दोष लगाइयो ।
  • २०००: दोस्रो प्यालेस्टिाइनी ईन्टिफाडा सुरु भयो । इजरायली कट्टरपन्थी एरियल शेरोनले दुबै मन्दिर माउन्ट र अल-अक्सा  क्षेत्रको परिसरमा भ्रमण गरेपछि त्यसले हिंसात्मक रुप लियो ।
  • २००२: प्यालेस्टाइन आतंकवादी समूह हमासले पहिलो ठूलो आत्मघाती हमला गर्‍यो जसमा कम्तिमा ३० इजरायलीले ज्यान गुमाए । इजरायलले त्यसपछि वेस्ट बैंकको धेरै हिस्सा आफ्नो नियन्त्रणमा लिन अपरेसन चलायो ।
  • २००६: गाजामा हमासले चुनाव जित्यो र फतह पार्टीको राजनीतिक चुनौतीको रूपमा उदायो । वेस्ट बैंकमा उसले जितेको थियो ।
  • इजरायलले गाजामा २००८, २०१२, २०१४ र २०२१ मा चारवटा लामो अवधिको सैन्य आक्रमणहरू गरेको थियो । जसको असरवाट बालबालिकाहरू सहित हजारौं प्यालेस्टिनीहरू मारिनुका साथै दशौं हजार घर, विद्यालय र कार्यालय भवनहरू ध्वस्त भएका थिए । २००८ को आक्रमणमा फस्फोरस ग्यास जस्ता अन्तर्राष्ट्रिय रूपमा प्रतिबन्धित हतियारको प्रयोग समावेश थियो । २०१४ मा ५० दिनको अवधिमा चलेको युद्धमा १४६२ नागरिकहरू र ५०० बालबालिकाहरू सहित २१०० भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएको थियो । इजरायलीहरूले अपरेशन प्रोटेक्टिभ एज भनिने आक्रमणको क्रममा करिब ११,००० प्यालेस्टाइनीहरू घाइते भएका थिए, २०,००० घरहरू ध्वस्त भएका थिए र आधा लाख मानिसहरू विस्थापित भएका थिए ।

पछिल्लो परिवेश

  • Oct 07 शनिबार बिहानै हमासले गाजापट्टिमाथि इजरायली अतिक्रमण तथा नाकाबन्दी विरुद्ध अपरेशन Al-Asqa Flood भन्दै गाजानजिकका इजरायली बस्तीमा ठुलो मात्रामा मिसाइल प्रहार गर्दै एक साथ भूमि, हवाई तथा समुद्रबाट आक्रमण गरेपछि १२०० भन्दा बढी इजरायलीको ज्यान गैसकेको छ भने करिब ३ हजार घाइते भएका छन् । साथै सयौँलाई हमास विद्रोहीले बन्दी बनाएका छन ।
  • हमासबाट भयानक आक्रामण भएपछि इजरायली पक्षबाट युद्धको घोषणा गर्दै प्रतिउत्तरमा गाजा क्षेत्रमा ठुला हवाई आक्रमण गर्दै निरन्तर मिसाइल प्रहारबाट करिब ११ सय प्यालेस्टाइनहरुको मृत्यु भएको छ भने करिब ५ हजार घाइते भएका छन् । इजरायलबाट निरन्तररुपमा गाजा क्षेत्रमा आक्रमण जारी रहेको छ ।
  • इजरायलका रक्षामन्त्रीले सम्पूर्ण गाजा पट्टी कब्जा गर्न आदेश दिएपश्चात इजरायल र हमासबीच जारी युद्धको चौथो दिन Oct 11 मा इजरायली सेनाले गाजाको सिमानामा कब्जा गरेको घोषणा गरेको छ । जवाफमा हमासले इजरायलले कब्जामा लिएका बन्धकहरूलाई मार्ने धम्की दिएको छ । युद्धले भयानक मानवीय संकट निम्त्याउने स्थिति देखिएको छ ।
  • पछिल्लो घटनामा विश्व नै दुई ध्रुवमा विभाजन हुँदै इजरायलका पक्षमा अमेरिका, बेलायत, भारत लगायत मुलुकहरु उभिएका छन् भने इजिप्ट, जोर्डन, इरान सहित अरब एवं मुस्लीम राष्ट्रहरुका साथै चीन र रसिया पनि प्यालेस्टाइनको पक्षमा देखिएका छन् ।  

नेपालको धारणा साथै प्रभावः

  • हमासद्वारा इजरायलमा गरेको आक्रमणको घटनामा नेपाल सरकार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इजरायलप्रति ऐक्यबद्धता जनाएको छ । उक्त घटनामा सुदुरपश्चिम विश्वविद्यालयबाट हालै इजरायल गएका १० जना विद्यार्थीहरुको मृत्यु भएको छ भने १ जना हालसम्म सम्पर्कविहिन भएका छन् । यस्तै शवहरु बंकरबाट सुरक्षित स्थानमा सारिएको र नेपाल आउन इच्छुकका लागि सुरक्षित रुपमा नेपाल ल्याउने तयारी गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
  • इजरायलको पछिल्लो घटनाक्रमबारे जानकारी लिन र नेपाली नागरिकहरूलाई सहायता गर्नका लागि माननीय परराष्ट्रमन्त्री यानपी साउद ज्यूको संयोजकत्वमा एक समन्वय संयन्त्रको गठन भएको र उक्त संयन्त्रले इजरायलमा रहेका नेपाली नागरिकको संरक्षण र उद्धार गर्न आवश्यक पहल गरिरहेको छ र यसैक्रममा हिजो नै परराष्ट्रमन्त्रीसहित नेपाल एयरलायन्सको विमान उद्दारका लागि इजरायल गएको छ ।
  • सामाजिक सञ्जाल र वेवसाइटमार्फत् त्यहाँ रहेका नेपालीहरूलाई स्वदेश फर्काउनका लागि विवरण संकलन सुरु गरेकोमा उद्दार हुन तथा नेपाल फर्कन चाहने ३२४ जना नेपाली नागरिकहरुले राजदूतावासको अनलाइन रजिष्ट्रेशन प्रणालीमार्फत विवरण उपलब्ध गराएका छन् । विवरण दिनेमध्ये २८८ जनाले नेपाल फर्कन र ३६ जनाले स्थानान्तरण हुन चाहेको दूतावासले जनाएको छ ।
  • हाल इजरायलमा ४,५०० नेपालीहरू केअरगिभरको रूपमा कार्यरत रहेको र २६५ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ योजनाअन्तर्गत काम गर्दै सिक्नका लागि कृषि क्षेत्रमा रहेको ‍औपचारिक तथ्याङ्क रहेको छ । यद्दपी अनौपचारीक माध्यमवाट उक्त स्थानमा बसोबास गर्ने नेपाली नागरिकको संख्या सो भन्दा वढी रहेको जानकारी प्राप्त भएको छ ।